२०८१ साउन ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशफेवा सिटीविरुद्ध अख्तियारमा उजुरी, गलत डाटा प्रयोग नगरेको अस्पतालको दाबी

फेवा सिटीविरुद्ध अख्तियारमा उजुरी, गलत डाटा प्रयोग नगरेको अस्पतालको दाबी


पोखरा—पोखराको फेवा सिटी अस्पताल गलत डाटा देखाएर काम गरेको आरोपसहित विवादमा तानिएको छ । अस्पतालले नर्सिङ कार्यक्रम सञ्चालन गर्न आवश्यक मापदण्ड पु¥याउन गलत तथ्यांक पेस गरेको आरोपसहित अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय पोखरामा उजुरी परेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यलय पोखराले फेवा सिटी अस्पताल विरुद्ध उजुरी परेको पुष्टि गरेको छ । आफूविरुद्ध अख्तियारमा उजुरी परेको अस्पतालका निर्देशक दिनेश खड्काले पनि स्वीकारे ।

फेवा सिटीले पिसिएल नर्सिङ कार्यक्रम सञ्चालन गर्दै आएको छ । जसका लागि आवश्यक पर्ने १ सय शैय्याको अस्पताल हुनुपर्ने र नर्सिङ अभ्यासका लागि ६० प्रतिशत बेडमा बिरामी उपचार भइरहेको हुनुपर्नेमा नभएको दाबीसहित उजुरी परेको हो ।

गलत डाटा प्रयोग गरी नवीकरणको प्रयास भएको उजुरीपछि आयोगले सिटीईभिटीसँग सोधीखोजी गरेको थियो । तर, गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयबाट १ सय शैय्याको स्वीकृति पाएको अस्पतालका निर्देशक दिनेश खड्का बताउँछन् । अस्पतालले आवश्यक मापदण्ड पु¥याएर वि.सं. २०८१ सम्मको नवीकरण गरेको उनले बताए ।

कोभिड—१९ को महामारीको समयमा अकुपेसी कम भएको भएपनि अहिले ६० प्रतिशतभन्दा बढी नै रहेको उनको भनाइ छ । ‘हामीले डे टु डे डाटा पठाउनुपर्ने हुन्छ, हामीलाई कुनै समस्या छैन । अख्तियारले मागेको सबै विवरण दिँदा हामीलाई कुनै अप्ठेरो पर्दैन्,’ उनले थपे, ‘कसले कसरी उजुरी ग¥यो । त्यो फरक कुरा हो । हामीले जिम्मेवार निकायमा यसअघि नै विवरण पेस गरेका छौं ।’

उजुरीका आधारमा अख्तियारले सोधीखोजी सामान्य प्रक्रिया भएको खड्का बताउँछन् ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ