२०८१ वैशाख १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशअफिन गण्डकीद्वारा पाँच जनालाई दीर्घ सेवा सम्मान

अफिन गण्डकीद्वारा पाँच जनालाई दीर्घ सेवा सम्मान


पोखरा— एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युट अफ नेपाल (अफिन) गण्डकीको पाँचौं सभामा लामो समय स्वास्थ्य क्षेत्रमा सेवा पु¥याएका ५ जनालाई सम्मान गरेको छ । सम्मानित हुनेमा डा. सोमतसिंह तुचाचन, नर्स प्राध्यापक भगतवी केसी, ल्याब टेक्निसिएन चेतबहादुर गुरुङ, रेडियोलोजिस्ट उदयकान्त तिवारी, फर्मासिष्ट खडानन्द शर्मा छन् ।

अग्रज डा. तुलाचन ३५ वर्षभन्दा बढी समय स्वास्थ्य क्षेत्रमा सक्रिय थिए । उनले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट र डाइरेक्टर भई योगदान पु¥याएको अफिन गण्डकीका सचिव ऋषि खतिवडाले जानकारी दिए ।

सम्मानितहरुलाई सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशीला सिम्खडाले सम्मान गरिन् । सम्मान कार्यक्रममा मन्त्री सिम्खडाले गण्डकी प्रदेशमा कोही कसैको पनि पैसा अभावले उपचार नहुने अवस्था आउन नहुने बताइन् ।

अफिन गण्डकीका अध्यक्ष गिरधारी शर्माले अफिनको स्थापना प्राइभेट स्वास्थ्य संस्थाको हक, अधिकारका लागि पहल गर्न तथा सरकारी संस्थासँग सहकार्य र समन्वय गरी अघि बढ्ने सोचले भएकाले सोहीअनुसार काम भइरहेको बताए । अस्पतालमा अप्रिय घटना हुँदा सहजीकरणमा समेत अफिनले सहयोग गरेको अध्यक्ष शर्मा बताउँछन् ।

अफिन गण्डकीले स्वास्थ्यका विभिन्न ५ क्षेत्रबाट योगदान पु¥याएका व्यक्तित्वलाई सम्मान गर्ने कार्यक्रम अघिल्लो वर्षबाट सुरु गरेको हो ।

कार्यक्रममा अफिनका केन्द्रीय अध्यक्ष पदमबहादुर खड्का, सम्मानित व्यक्तित्व डा. सोमतसिंह तुलाचन, सल्लाहकार प्रा.डा. वुद्धिबहादुर थापा, अफिन गण्डकीका उपाध्यक्ष कपिल पोखरेललगायतले बोलेका थिए ।

विसं.२०७१ मा गठन भएको अफिन गण्डकीमा कास्कीका २८, गोरखा, लमजुङ, तनहुँ र स्याङ्जाका १÷१ गरी ३२ स्वास्थ्य संस्था आवद्ध छन् ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ