२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशपर्वत अस्पतालमा ज्येष्ठ नागरिक र नसर्ने रोगका बिरामीलाई सहज सेवा दिने तयारी

पर्वत अस्पतालमा ज्येष्ठ नागरिक र नसर्ने रोगका बिरामीलाई सहज सेवा दिने तयारी

फोहोरको संक्रमण जोखिम घटाउन ‘अटो क्लेप्स’ प्रयोग थालियो


पोखरा—पर्वत जिल्ला अस्पतालमा दैनिकजसो २ सय हाराहारीमा बिरामी जाने गर्छन् । अस्पतालमा जनशक्ति अभाव नै छ । हाडजोर्नीका विज्ञहरु नहुँदा सेवा सुचारु हुन सकेको छैन । शल्यक्रिया गर्नुपर्ने अवस्था भएमा बागलुङ वा पोखरा पठाउनुपर्ने बाध्यता छ ।

हाडजोर्नी विशेषज्ञ, बालरोग विशेषज्ञ, एमडिजिपीको आवश्यकता प्राथमिकतामा छ । छात्रवृत्ति डाक्टर ल्याएर नै भएपनि ती सेवा दिने व्यवस्थापनको तयारी छ । ज्येष्ठ नागरिकका लागि जेरियाट्रिक ओपिडी सञ्चालन गर्ने योजना छ । नसर्ने रोगका बिरामीलाई चेकअपमा बिरामीलाई दुःख भएको सोचेर त्यसलाई विशेषज्ञ सेवा दिन सकिन्छ कि भन्नेतर्फ योजना बनाइरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्त बाँस्तोलाले बताए ।

अस्पतालमा उपचारमा प्रयोग भएका विभिन्न प्रयोग गर्दै फ्याकिने फोहोरका कारण अस्पताललाई फोहोर व्यवस्थापनमा हम्मे परेको थियो । फोहोर व्यवथापनको जलाउने विकल्प प्रयोग गर्दा अस्पताल तथा बस्तीमा नै प्रदूषण बढेको थियो । यही अवस्थालाई मध्यनजर गरी पर्वत अस्पतालले अटो क्लेप्स मेसिन प्रयोगमा ल्याएको छ ।

जोखिमयुक्त फोहोर जलाउँदा प्रदूषण हुने र कन्टेनरमार्फत् पठाउँदा संक्रमणको जोखिम बढेपछि बजार क्षेत्रमा संक्रमण फैलिनेजस्ता समस्या भएपछि फरक तरिका अपनाइएको हो । यसअघि फोहोरलाई जलाउने गरिएको भए पनि अब भने फोहोरलाई वर्गीकरण गरी स्टेलाइज्ड र डिस्इन्फेक्सनाइज्ड गरी व्यवस्थापन गरिनेछ ।

प्रदेश सरकारबाट आएको बजेटबाट अस्पताल व्यवस्थापन समितिमार्फत् अटो क्लेप्स मेसिन जडान गरिएको हो । सोही उपकरणबाट फोहरलाई निर्मलीकरण गरिने भएकाले संक्रमण जोखिम कम हुने अस्पतालका सुपरिटेन्डेन्ट डा. बाँस्तोला बताउँछन् ।

डा. बाँस्तोला फोहरको वर्गीकरण गरेर जोखिम नभएको सुनिश्चित गरेर नगरपालिकाको गाडीमा पठाउने गरिएको बताउँछन् । ‘अटो क्लेप्स’ मेसनमा राखेपछि कम्तीमा पनि १ सय २१ डिग्री सेल्सियसमा निर्मलीकरण गरिएको फोहोर निकालेर सुकेपछि मात्रै फाल्ने गरिन्छ ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ