२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशगण्डकीको स्वास्थ्य तालिम रणनीति सार्वजनिक

गण्डकीको स्वास्थ्य तालिम रणनीति सार्वजनिक


पोखरा–गण्डकी प्रदेशले ७ वर्षे स्वास्थ्य रणनीति ल्याएको छ । मंगलबार आयोजना गरेको कार्यक्रममा गण्डकीका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री महेन्द्रध्वज जिसीले स्वास्थ्य तालिम केन्द्र पोखराले रणनीति सार्वजनिक गरेका हुन् ।

गण्डकी सरकार मन्त्रिपरिषद्ले २३ फागुनमा स्वीकृत गरेको भएपनि हालै सार्वजनिक गरिएको हो । यसमा ७ रणनीति, १२ कार्यनीति र ७१ कार्यक्रम छन् ।

रणनीतिअन्तर्गत २०८० देखि २०८७ सम्म कार्यक्रमको क्यालेन्डर नै बनाएर स्थानीय तह तथा निजी स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीलाई समावेश गर्ने भनिएको छ ।

तालिम केन्द्रका निमित्त महानिर्देशक एवं प्रदेश स्वास्थ्य रणनीति मस्यौदा तर्जुमा कार्यदलका संयोजक रमेशप्रसाद अधिकारीले दक्ष जनशक्ति तयार गर्न पर्याप्त लगानी र अनुसन्धानमा आधारित तालिम हुनुपर्नेमा जोड दिन्छन् ।

स्वास्थ्य मन्त्रालयका सचिव डा. विनोदविन्दु शर्माले स्वास्थ्य क्षेत्रमा गण्डकी नमुना बनेको दाबी गर्दै त्यसलाई कायम राख्ने गरी रणनीति कार्यन्वयनमा लाग्न आग्रह गरे ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ