२०८१ वैशाख २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशएम्बुलेन्स चालकका लागि ‘प्रि हस्पिटल केयर तालिम’

एम्बुलेन्स चालकका लागि ‘प्रि हस्पिटल केयर तालिम’


पोखरा—गण्डकी प्रदेशका एम्बुलेन्स चालकका लागि प्रि हस्पिटल केयर तालिम प्रदान गरिएको छ । २३ देखि १५ चैतमा स्वास्थ्य तालिम केन्द्र गण्डकी प्रदेशको आयोजनामा तालिम सञ्चालन गरिएको हो ।

तालिमको गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक खिमबहादुर खड्काले उद्घाटन गरेका थिए । तालिममा गण्डकीका मनाङ, मुस्ताङ र नवलपरासीबाहेकका ८ जिल्लाका १४ जनाका सहभागिता थियो ।

तालिम संयोजक शैलेन्द्रकुमार सिंहका अनुसार राष्ट्रिय स्वास्थ्य तालिम मापदण्डमा आधारित भई सञ्चालन गरिएको हो । तालिम प्राप्त चालकले मात्रै एम्बुलेन्स चलाउन पाउने नियम छ ।

तालिम संयोजक सिंहकाअनुसार तालिम केन्द्रमा यसअघि २२ देखि २४ माघसम्म यही प्रकृतिको तालिम सञ्चालन गरिएको थियो । त्यतिबेला १३ जनालाई प्याकेजकै तालिम प्रदान गरिएको थियो । ‘बिरामीलाई अस्पताल पुर्‍याउनुभन्दा पहिले एम्बुलेन्स चालकले के कस्ता काम गर्ने, नियम कानुन के छ ? ट्राफिक नियम के छ आदि कुरा सिकाउँछौं,’ सिंह भन्छन् ।

एम्बुलेन्सलाई ए र बी ग्रेडमा वर्गीकरण गरिएको छ । एम्बुलेन्स सञ्चालन निर्देशिकाले सी ग्रेडको एम्बुलेन्सलाई बिरामी ओसार–पसार गर्ने साधनका रुपमा परिभाषित गरेको छ ।

गण्डकीमा ए ग्रेडका एम्बुलेन्स असाध्यै कम भएकाले पूर्ण रुपमा पालना गर्न सकिएको छैन । राष्ट्रिय एम्बुलेन्स निर्देशिकाले ग वर्गमा सञ्चालित एम्बुलेन्सलाई ख वा क वर्गमा स्तरोन्नती गर्नुपर्ने भनेपनि सो अनुसार हुन सकेको छैन । निर्देशिका अनुसार एम्बुलेन्स चालकले राष्ट्रिय तालिम केन्द्रको तालिम लिएको हुनुपर्ने व्यवस्थाअनुसार तालिम सञ्चालन गरिएको हो ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ