२०८१ वैशाख १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र तिलगंगा आँखा प्रतिष्ठानले सहकार्यमा सेवा प्रवाह गर्ने

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र तिलगंगा आँखा प्रतिष्ठानले सहकार्यमा सेवा प्रवाह गर्ने


जुम्ला— कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र तिलगंगा आँखा प्रतिष्ठानबीच सम्झौता भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा आँखा रोग सम्बन्धि सेवा विस्तार गर्ने गरी सम्झौता भएको हो ।

प्रतिष्ठानका रजिष्ट्रार नृपेन्द्र महतका अनुसार विश्व प्रसिद्ध नेत्र रोग विशेषज्ञ प्रा.डा.सन्दुक रुइत र उपकुलपति डा. मंगल रावलसहितको उपस्थितीमा कर्णालीमा आँखा रोग उपचार सेवा विस्तारका विषयमा महत्वपूर्ण छलफल भएको छ ।

प्रतिष्ठान र तिलगंगा आँखा प्रतिष्ठानको सम्झौता अनुरुप निकट भविष्यमै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमार्फत सेवा विस्तार गरिनेछ । यसमा डा. रुइतले आफ्नो पूर्ण सहभागिता र सहयोग रहने प्रतिवद्धता व्यक्त गरेका छन् ।

‘आउँदो जुलाई महिनामा उहाँकै पहल र प्रत्यक्ष सहभागितामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा वृहत आँखा शिविर आयोजना गरिनेछ,’ उनले भने, ‘तत्पश्चात प्रतिष्ठानका नेत्र रोग विशेषज्ञ डा. विश्व तिमिल्सिनाको नेतृत्वमा नेत्ररोग विभागले विशेष आकार लिनेछ ।’


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ