२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशयस्ता छन् स्वास्थ्य क्षेत्रमा गण्डकी प्रदेशका उल्लेखनीय कामहरु

यस्ता छन् स्वास्थ्य क्षेत्रमा गण्डकी प्रदेशका उल्लेखनीय कामहरु


पोखरा –  गण्डकी सरकार चौंथो वर्षमा प्रवेश गरेको छ । यसैबीचमा कारोना संक्रमणको जोखिम बढ्यो । कोरोना महामारी चुनौतीमात्र नभएर अवसर पनि बन्यो । प्रदेश सरकारले ३ वर्षमा स्वास्थ्यको क्षेत्रमा उल्लेखनीय प्रगति गरेको विवरण प्रस्तुत गरेको छ ।

कोरोना संक्रमणको जोखिमसँगै प्रदेश सरकारले ११ वटै जिल्लामा आईसियु स्थापना गर्ने निर्णय ग¥यो । अहिले गण्डकी प्रदेशमा सरकारी अस्पतालमा ५५ आइसियु र १४ भेन्टिलेटर रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, गोरखा अस्पताल, धौलागिरि उपप्रादेशिक अस्पताल, मध्यबिन्दु अस्पताल र पर्वत जिल्ला अस्पतालमा अहिले आईसियु र भेन्टिलेटर सुविधा छ ।

प्रदेशमा निजी तथा सरकारी गरी २२३ आइसियु र ६२ भेन्टिलेटर रहेको प्रदेश निर्देशनालयको तथ्यांक छ । प्रदेश सरकारले ५५ हजार घरमा धारा पु¥याउन १ सय ७५ वटा खानेपानी आयोजना सम्पन्न गरेको जनाएको छ । यसबाट जनताले स्वच्छ पिउने पानी प्राप्त गर्ने छन् भने महामारीजन्य रोग नियन्त्रण र सरसफाइमा सहयोग पुग्नेछ ।

प्रदेश सरकारले पछिल्लो २ वर्षमा ४७ जना गर्भवतीको हेलिकोप्टरमार्फत् उद्धार गरेको जनाएकोे छ । प्रदेश मातहतका अस्पतालका ५२ शैया सघन उपचार कक्षमा २४ वटा भेन्टिलेटर जडान भएको छ भने १३ वटा जडानको क्रममा छन् । प्रदेश सरकारले ३८ वटा आइसोलेसन सेन्टर बनाएको छ ।

धौलागिरी उप-प्रादेशिक अस्पताल बागलुङ तथा पर्वत, मुस्ताङ, म्याग्दी, तनहुँ, गोरखा, नवलपुर जिल्ला अस्पतालमा मर्चरी च्याम्बर जडान भएको छ । स्याङ्जा, मनाङ र लमजुङमा जडानको तयारी भइरहेको छ । धौलागिरि उपप्रादेशिक अस्पताल बागलुङ, पर्वत, म्याग्दी, स्याङ्जा र मातृशिशु मितेरी अस्पताल कास्कीमा अक्सिजन प्लान्ट जडान गरी सञ्चालन गरिएको छ ।

गोरखा, मनाङ, मुस्ताङ, मध्यबिन्दु असपताल नवलपुर र लमजुङमा जडानको काम अन्तिम चरणमा पुगेको छ । लेखनाथ सामुदायिक लायन्स अस्पतालको स्वामित्व प्रदेश सरकारले लिई ५० शैयाको गण्डकी प्रदेश संक्रामक तथा सरुवा रोग अस्पताल बनाइएको छ । यसमा ५० शैया थप गर्न भवन निर्माण थालिएको छ । धौलागिरि उपप्रादेशिक अस्पताल बागलुङलाई २ सय शैया, पर्वत, कास्की, स्याङ्जा, मध्यबिन्दु र दमौली अस्पताललाई २५ शैय्यामा स्तरोन्नति गर्ने काम सुरुवात भएको छ । लमजुङ सामुदायिक अस्पताललाई जिल्ला अस्पतालको रुपमा सञ्चालन गरिएको छ ।

धौलागिरी उपप्रादेशिक अस्पताल बागलुङ, पर्वत, बेनी अस्पताल म्याग्दी, स्याङ्जा जिल्ला अस्पताल, दमौली अस्पताल तनहुँ र पर्वत अस्पतालमा डायलोसिस सेवा सञ्चालन गरिएको छ ।

प्रदेश सरकारको व्यवस्थापन तथा जिम्मेवारीमा १ हजार ४१३ शैय्याको क्षमताका ४० आइसोलेसन केन्द्र स्थापना तथा सञ्चालन गरिएको गण्डकी प्रदेश सरकारले जनाएको छ । गण्डकी प्रदेशमा कोरोनाविरुद्धको पहिलो चरणको खोप अभियानमा लक्ष्यभन्दा बढीलाई खोप प्रदान गरिएको छ ।

आयुर्वेद सेवा प्रभावकारी बनाउन पोखरा–२६ राखी डाँडास्थित २७ रोपनी जग्गामा आयुर्वेदिक अस्पताल, आयुर्वेद तथा वैकल्पिक चिकित्सासम्बन्धी औषधी उत्पादन र प्रशोधन केन्द्र निर्माण प्रक्रिया अघि बढाएको छ ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ